कविता
साथीकाे बन्धन ताेड्याै किन
झुटाे नाता जाेडेर,
झुटाे कुरा लगाएर,
झुटाे माया दिएर,
अहिले साथीकाे बन्धन ताेड्याै किन ?
बन्धन ताेड्नु थियाे भने गास्याै किन ?
अरुकाे मुटु दुखायाै किन ?
साथीकाे बन्धन अटुट हुन्छ सुनेकी थिए
तर तिमीले साथीकाे बन्धन ताेड्याै किन ?
केही गल्ती थियाे , सुनाएनाै किन?
चित्त नबुझेकाे कुरा भनेनाै किन?
मननपरेकाे भए नजिक पर्याै किन?
अहिले साथीकाे बन्धन ताेड्याै किन?
तिमीले सिकाएकी भए हुन्थ्याे हाेला,
बुझाएकी भए हुन्थ्याे हाेला,
सिक्नु र बुझ्नु म तयार थिए,
तर साथीकाे बन्धन ताेड्याै किन ?
तिम्राे दुखमा राेइदिएकै थिए,
तिम्राे खुसीमा हासिदिएकी थिए,
तिमीलाइ हरपल हरक्षण साथ दिएकै थिए,
तैपनि साथीकाे बन्धन ताेड्याे किन ?
💓💓